समाज


भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, पहिचान खुल्न बाँकी

भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, पहिचान खुल्न बाँकी

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार ७:३७, सुर्खेत

रुकुमपश्चिमस्थित भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। 

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। टपर नदीमा खसेपछि उनीहरुको अवस्था अज्ञात छ। 

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएकाे छ। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad