चितवनमा एक पुरुष मृत भेटिएका छन्।
कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन्।
गत असार २८ गते घरबाट कालिका जान भनेर निस्किएका प्रजा बेपत्ता भएका थिए। कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए।
प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी छ।
198
Shares

प्रतिक्रिया