समाज


जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८१ बिहिबार १०:४६, जुम्ला

जुम्लाकाे तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए। 

‘सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका-७ र ८ का बासिन्दाले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन्’, उनले भने, ‘यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो।’ 

विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईँले बताए। सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad