जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ। जिल्लाका पाँच वटा गाउँपालिकामा यही चैत १२ गतेदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा च्याउ र तरकारीखेतीसम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ।
सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने ६० दिने तालिम सञ्चालन गरिएको छ। रातो कम्बल बनाउने तालिम लिन जिल्लाभरिका १२ जनाको सहभागिता रहेको कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले जानकारी दिइन्।
उनले यहाँका स्थानीयको आर्थिकस्तर सुधार गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जनको कार्यक्रम सञ्चालन गर्न थालिएको बताइन्।
Shares

प्रतिक्रिया