समाज


पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:५५, पाेखरा

कोभिड संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ। 

पोखरामा रहेको चरक अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि गएको असार २५ गते अस्पताल भर्ना भएकी उनको साउन ४  गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्या थियो। 

अस्पताल भर्ना भएपछि जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढ्दै गएका छन्। भारतीय प्रभावकै कारण नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad