राजनीति


विद्या भण्डारीबारे कांग्रेस: राष्ट्रपति भइसकेको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले गम्भीर छलफल गरोस्

विद्या भण्डारीबारे कांग्रेस: राष्ट्रपति भइसकेको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले गम्भीर छलफल गरोस्

नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:५५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुन: राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्।  

सोमबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा यसबारे ७ नेताले छलफल गरेका थिए। आज ती सातमध्ये कै ५ नेता बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरे। 

छलफलमा सहभागी नेता गोपानमान श्रेष्ठले भने, 'राष्ट्रपति भइसकेपछि पुन: पार्टीको राजनीतिमा फर्किनु उचित हुँदैन। राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापतिको पनि यही धारणा रह्यो।' 

गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा प्रकाशरण महतसँगको छलफलमा सभापति देउवाले पनि यसबारे एमालेले निर्णय गर्नुपर्ने बताएका हुन्।  

'एमाले अध्यक्ष चाहिँ पूर्वराष्ट्रपति राजनीतिमा आउन हुने या नहुने भन्ने विषयमा स्पष्ट हुनुहुन्छ,' देउवालाई उदृत गर्दै श्रेष्ठले भने, 'यसबारे एमालेले उचित र गम्भीर निर्णय गर्नुपर्छ।' 

नेताहरूले पूर्वराष्ट्रपति सम्मानित पद भएकोले त्यसको मर्यादा कायम राखेर बस्नुपर्ने धारणा राखेको श्रेष्ठले जानकारी दिए।   

भण्डारी भने यता एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसकेकी छन्। उनको सदस्यता नवीकरणको विषयले एमालेभित्र नेताहरू विभाजित पनि भएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad