मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँचसय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार गरिएको छ।
पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गरेका हुन्।
गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनकाअनुसार जीर्णद्धार भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ।
गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्थासमेत भएको छ। गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण गरिएको गौचन दम्पतिले बताए।
75
Shares

प्रतिक्रिया