चेन्नई सुपर किंग्सका नुर अहमद पर्पल क्याप (सर्वाधिक विकेट टेकर) को दोस्रो स्थानमा उक्लेका छन्।
बुधबार दिउँसोसम्म पाचौँ स्थानमा रहेका नुर चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्सबीचको खेलपछि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थान उक्लिएका हुन्।
बुधबार राति चेन्नइ र कोलकताबीचको खेलमा चार विकेट लिएपछि नुर सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लेका हुन्। उनले चार विकेट लिएको खेलमा चेन्नइले कोलकतालाई २ विकेटले हराएको थियो।
चार विकेट लिएसँगै नुरदे गुजरात टाइटन्सका प्रसिद्ध कृष्णसँगै समान २० विकेटको बराबरी गरेका हुन्।
समान २० विकेट भए पनि प्रसिद्ध बलियो इकोनोमीका कारण शीर्ष स्थानमा कायम छन्। प्रसिद्धको इकोनोमी ७.६५ रहेको छ। नुरको भने ९.०२ रहेको छ। नुरले दुई खेलमा समान ४ विकेट लिएका छन्।
कसले जित्ला आईपीएलमा पर्पल क्याप? ५ खेलाडी छन् प्रतिस्पर्धामा
सर्वाधिक विकेट लिने सुचीको तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बैग्लोरका जोस हज्लिवुड रहेका छन्। उनले १८ विकेट लिएका छन्। समान १८ विकेट लिएका मुम्बइ इण्डियन्सका टे«न्ट बोल्ट चौथो स्थानमा छन्।
कोलकता नाइट राईडर्सका वरुण चक्रवती १७ विकेट लिदै पाचौँ स्थानमा उक्लेका छन्। १६ विकेट लिएका पञ्जाव किंग्सका अर्शदिप सिंह छैटौँ स्थानमा झरे।
Shares

प्रतिक्रिया