गोरखामा कुवामा डुबेर एक जना वद्धाको मृत्यु भएको छ।
पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।
करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ।
घटनापछि मृतकको परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी दिएका छन्।
90
Shares

प्रतिक्रिया