समाज


तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, मृतकको सनाखत हुँन बाँकी

हुस्सुले सडक नदेखिँदा दुर्घटना भएको आशंका
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, मृतकको सनाखत हुँन बाँकी

नेपालखबर
माघ ८, २०८१ मंगलबार १०:१४, काठमाडौँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश ०३-००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो। 

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ’, डीएसपी थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad