बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगन्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ।
बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताए।
उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिए।
ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला, संघीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेका छन्।
उनका अनुसार जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्छ।
नेपालगन्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेको छन्।
शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।
Shares

प्रतिक्रिया