ad ad

समाज


पहिरो खसेपछि कालीगण्डकी करिडोर पुनः अवरुद्ध

पहिरो खसेपछि कालीगण्डकी करिडोर पुनः अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८१ मंगलबार ७:३५, बागलुङ

अविरल वर्षाको कारण पहिरो खस्दा बागलुङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। 

सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए। 

करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन्। अहिले  वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने यादवले बताए। वर्षा रोकिएपछि पहिरो हटाउन सुरु गरिने उनको भनाई छ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ। 

गतहप्ता पनि अवरुद्ध भएको यो सडक सोमबार दिउँसो सञ्चालनमा आए पनि गएरातिको भारी वर्षाले पुनः अवरुद्ध भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .