हावाहुरीले ढालेको रुखले लागेर गोरखामा एक जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको हो।
हावाहुरीले गोरखामा दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको छ।

प्रतिक्रिया