ad ad

प्रविधि


चिनियाँ सेनाको नयाँ हतियार : बन्दुकधारी रोबोट डग

चिनियाँ सेनाको नयाँ हतियार : बन्दुकधारी रोबोट डग

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १३:३१,

चिनियाँ सेनाले कुकुरजस्तो देखिने बन्दुकधारी रोबोटलाई सैन्य उदेश्यले प्रयोग गर्न थालेको छ। हालै कम्बोडियासँग गरेको संयुक्त सैन्य अभ्यासमा चिनियाँ सेनाले यस्तो हतियार मैदानमा उतारेको हो।

सीसीटीभीद्वारा प्रसारित भिडिओ फुटेजमा सैन्य अभ्यासमा खटाइएका त्यस्ता रोबोटको ढाडमा स्वचालित राइफल राखिएको थियो।

सहरी आक्रमणको अभ्यास गर्दा सो रोबोट मानव–सैनिकसँगै मैदानमा खटाइएको थियो। तिनलाई ड्रोनले सहयोग गरिरहेको देखिन्छ।

‘यसले हाम्रो सहरी कारबाहीको नयाँ सदस्यका रुपमा काम गर्न सक्छ। जसले सुराकी गर्ने, दुस्मनको पहिचान गर्ने र निसानामा आक्रमण गर्ने काममा मान्छेको ठाउँ लिन सक्छ,’ एक सैनिकले भनेका छन्।

यी रोबोट पूर्णरुपमा स्वचालित भने होइनन्। भिडिओमा हातमा एउटा रिमोटजस्तो डिभाइस बोकेका सैनिकले ती रोबोट नियन्त्रण गरेको देखिन्छ। 

सो रोबोट युनिट्री रोबोटिक्स नामक कम्पनीले बनाएको बताइएको छ। यस्तो एउटा रोबोटको मूल्य १६ सय डलरबाट सुरु हुने कम्पनीको वेबसाइटमा उल्लेख छ।

यसअघि कुकुरजस्तो देखिने रोबोट कुनै समय गुगलको सब्सिडिअरी बोस्टन डाइनामिक्सले बनाएको थियो। जसको अमेरिकी सेनासँग सम्बन्ध रहँदै आएको छ। सो कम्पनी अहिले ह्युन्डाइ मातहत छ। 

तर, सो कम्पनीले आफ्नो उत्पादननलाई हतियार बनाउन अस्वीकार गरेको बताइन्छ।

त्यसपछि अन्य कम्पनीहरुले पनि यस्तो रोबोट विकास गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .