ad ad

समाज


तनहुँमा जन्ती बोकेको बोलेरो सडकबाट ५ सय मिटर तल खस्यो, २ जनाको मृत्यु, १६ घाइते

तनहुँमा जन्ती बोकेको बोलेरो सडकबाट ५ सय मिटर तल खस्यो, २ जनाको मृत्यु, १६ घाइते

नेपालखबर
फागुन ७, २०८० सोमबार ७:४५, तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको बाेलेराे जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहीले जनाएकाे छ। 

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

अनियन्त्रित भएकाे बाेलेराे सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेकाे हाे। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .