समाज


अभिनेत्री निशा र क्रिकेटर शरदको अंश मुद्दामा अदालतले सुनायो यस्तो फैसला

अभिनेत्री निशा र क्रिकेटर शरदको अंश मुद्दामा अदालतले सुनायो यस्तो फैसला

फाइल फाेटाे


नेपालखबर
फागुन १४, २०८० सोमबार १२:५, काठमाडौँ

अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरविरुद्ध हालेको अंश मुद्दा जितेकी छन्। 

नायिका निशाले पतिबट अंशबन्डा र मानाचामल पाउनुपर्ने माग गरी  २०७९ भदौमा जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन्। 

न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पति भेषावकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला गरेकोे हो।

तर अदालतले नाबालक छोराको अंश निशालाई दिन भने अस्वीकार गरेको छ।

२०७४ असारमा विवाह गरेका यो दम्पतीको ५ वर्षीय एक छोरा छन्। निशाले छोरा आफूसँगै रहेकाले पतिको सम्पत्तिको तीन भागको दुई भाग अंश पाउनुपर्ने दाबी गरेकी थिइन्।

तर अदालतले छोरा बालिग नहुन्जेल पति–पत्नी दुवैको संरक्षणमा रहने भएकाले उनले पाउने अंश पनि साझा नै रहने फैसला सुनाएको हो। 

सम्बन्धमा दरार आएपछि निशाले अंश मुद्दा हालेकी हुन्। यस्तै अंश नपाउन्जेल आमाछोरा दुई जनाका लागि शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने पनि फैसलामा उल्लेख छ।

निशाले भने मासिक १ लाख माग गरेकी थिइन्।

शरदले अदालतमा दिएको बयानअनुसार निशा २०७५ मंसिरदेखि आफूखुसी माइतमा बसिरहेकी छन्। 

शरद नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन् भने अभिनेत्री निशाले थुप्रै चलचित्रमा अभिनय गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .