पर्सामा एक विवाह समारोहमा कुटपिट हुँदा घाइते भएका युवकको मृत्यु भएको छ।
विवाह समारोहमा ब्याण्ड बजाउने विषयमा विवाद हुँदा जिराभवानी गाउँपालिका-४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीमाथि कुटपिट भएको हो।
बुधबार बिहान ४ बजेतिर सरुम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झगडा भएको थियो।
कुटपिटबाट घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।
विवाहमा नाचगानका लागि ब्याण्ड बजाउने विषयमा विवाद भएको थियो। अरु ब्याण्ड बजाएर नाचिरहेको स्थानमा पुगेर सैमुल्लाहले ब्याण्ड ठूलो आवाजमा बजाएको भन्दै बन्द गर्न लगाएको थिए।
त्यही विषयमा उनीमाथि टर्च लाइटले टाउकोमा हानिएको थियो। त्यसपछि उनलाई घर लगेर सुताए। अरु भने जन्ती गएका थिए।
तर सुतिरहेका उनले आफूलाई गाह्रो भएको बताएपछि अस्पताल लगिएको थियो।
अहिले सैमुल्लाहका परिवारले जाहेरी दिएका छन्। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए।
Shares
प्रतिक्रिया