आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रमचाहिँ अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
हिजो आइतबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
आइतबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम सूची:

276
Shares

प्रतिक्रिया