समाज


सर्लाही जाँदै गरेको गाडी भीमफेदीमा दुर्घटना, १४ जना घाइते

सर्लाही जाँदै गरेको गाडी भीमफेदीमा दुर्घटना, १४ जना घाइते

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १५:०, हेटौँडा

मकवानपुरको भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार (आज) दिउँसो १ बजेतिर भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।‍ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको बिङ्कर गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रूखमा अड्किएको थियो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्तै उद्दार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल पठाएको छ। घटनास्थलमा थप सहयोगका लागि इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालित गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ। गाडीमा चालकसहित जम्मा १४ जना सवार थिए। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गरिएको डीएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad