समाज


आफैँले उद्घाटन गरेको शैलुनमा एसी र इन्भटर जोड्न मेयरको तोक

आफैँले उद्घाटन गरेको शैलुनमा एसी र इन्भटर जोड्न मेयरको तोक

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १६:१३, हेटौँडा

एयर कन्डिसनर (एसी) र इन्भटरको विषयलाई लिएर हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको चर्चा र आलोचना भइरहेको छ।  

केही दिनअघि मेयर लामाले उद्घाटन गरेको शैलुनमा एसी र इन्भरट जडानका लागि तोक लगाएको पत्र सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको हो।  

सार्वजनिक पत्रमा मेयर लामाले नगरपालिकाको ढड्डामा दर्ता भएको हेटौंडा–४ शितलमहल चोकस्थित एक शैलुनलाई एसी र इन्भर्टरका लागि लागत अनुमान तयार गर्न भनि उल्लेख गरिएको तोकादेश गरेकी छन्।  

नगरपालिकाको ढड्डामा वैशाख ३ गतेको मितिमा १८३६३ मा दर्ता कायम भएको पत्र सार्वजनिक भएको हो। त्यो पत्रमा उल्लेख गरिएको शैलुन त्यही हो जुन केही दिन अघि मेयर लामाले रिबन काटेर उद्घाटन गरेकी थिइन्।

उद्घाटनका समयमा शैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन्। 
सोहीअनुसार सुसन घलान संचालक रहेको ‘द नाइनटिन शैलुन’ले उपमहानगरपालिकालाई वैशाख ३ मा लिखित निवेदन गरेका थिए भने सोही दिननै तोक आदेश भएर प्रकृयाअगाडि बढेको थियो। 

मेयर लामाको तोकादेशसहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनासमक्ष पेस गरेको र महाशाखा प्रमुख तिमल्सिनाले पनि तोकसहित उपमहानगरपालिकाका मर्मत संभार इकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तम कुमार अधिकारीलाई आदेश गरेको पाइन्छ।

महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी बैशाख ३ गते नै आदेश गर्छन्। सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।

महाशाखा प्रमुख तिमिल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी वैशाख ३ गते नै आदेश गर्छन्। सोपछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी अधिकारीलाई पत्र पठाएको थियो। तोकादेशको पत्र संचालक घलानले  आफैँ टिकटकमार्फत सार्वजनिक गरेका थिए। यता, मेयर लामाले यस विषयमा कुनै प्रतिक्रिया दिइनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad