यो साता सेयरबजारमा उत्साह फर्किएको छ।
लगानीकर्ताहरु उत्साहित बन्दा लगातार तेस्रो दिन बजार बढेको हो।
बिहीबार सूचक २६.४९ अंकले बढेसँगै नेप्से २७२२.७३ विन्दुमा पुगेको छ।
पछिल्लो साता २६ सयको वरिपरि घुमिरहेको नेप्सेले ‘कमब्याक’ गरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १० अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
२ करोड ३७ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो।
योसँगै साताको अन्तिम कारोबार दिन १८७ वटा सेयरको मूल्य बढ्दा ५९ वटाको मात्रै घटेको छ।
बढेकामध्ये नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि ९.९९ प्रतिशत आम्दानी गरेका छन्।
त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टका लगानीकर्ताले ६.८२, सुपर मादीका लगानीकर्ताले ६.६७ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८४ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्।
आज गिरावटतर्फ सेयरहरु अधिकतम ४.७९ प्रतिशतले मात्रै घटेका छन्।
आज हिमालयन पावर पार्टनरको मात्रै सर्वाधिक १ अर्ब ५८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६२ करोड, एचआईडीसीएलको ४९ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया