ग्लोबल


प्रेमिकाका पतिलाई मार्न तालमा धकेल्दा आफू पनि खसे, दुवैको गयो ज्यान

प्रेमिकाका पतिलाई मार्न तालमा धकेल्दा आफू पनि खसे, दुवैको गयो ज्यान

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १०:४८, काठमाडौँ

भारतीय राज्य महाराष्ट्रको सोलापुरमा एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ प्रेमिकाका श्रीमान्‌लाई मार्न गएका व्यक्ति पनि तालमा डुबेर मरेका हुन्। 

आफूहरूको अवैध सम्बन्धमा बाधा बन्दै गएका श्रीमान्‌बाट छुट्कारा पाउन प्रेमीसँग मिलेर पत्नीले यो षड्यन्त्र रचेकी थिइन्।

यस विषयमा प्रहरीले श्रीमतीविरुद्ध अनुसन्धान सुरु गरेको छ।

जानकारीअनुसार, यो घटना फेब्रुअरी १८ मा बार्शी तालुकको महागाउँमा भएको हो। त्यहाँ तालमा डुबेर दुई जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरूमा गणेश अनिल सपत र शंकर उत्तम पताडे हुन्। 

प्रहरीले यस विषयमा अनुसन्धान गर्दा गणेश सपतको शंकर पटाडेकी श्रीमतीसँग सम्बन्ध रहेको खुलासा भएको हो। 

यसरी खसे दुवैजना तालमा

फेब्रुअरी १८ को राति गणेश सपतले शंकर पटाडेलाई पिउने र खाना खाने बहानामा बाहिर बोलाए। दुवै जना सँगै महागाउँ तालमा पुगे, जहाँ रक्सीको नशामा डुबेर तालको पुलमा नाच्न थाले।

यसैबीच गणेश सपतले शंकर पटाडेलाई तालमा धकेले तर सन्तुलन गुमाएका कारण उनी आफू पनि तालमा खसे।

ताल गहिरो भएको र मादक पदार्थ पिएकाले दुवै जना तालबाट बाहिर निस्कन सकेनन् र उनीहरूको घटनास्थलमै मृत्यु भयो।

यो कुरा प्रहरीले थाहा पाएपछि उनीहरूले रुपाली पटाडेलाई सोधपुछ गरे। यस क्रममा षड्यन्त्रको खुलासा भएको हो। 

यसपछि प्रहरीले ती महिलाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad