ad ad

समाज


काभ्रेमा सडकबाट खसेको अवस्थामा भेटियो मोटरसाइकलसँगै २४ वर्षीय युवकको शव

काभ्रेमा सडकबाट खसेको अवस्थामा भेटियो मोटरसाइकलसँगै २४ वर्षीय युवकको शव

नेपालखबर
असार ३१, २०८१ सोमबार ११:५, काभ्रे

काभ्रेको पनौतिमा सडकबाट खसेको अवस्थामा मोटरसाइकल चालकको शव फेला परेको छ। 

आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो। 

उक्त शव काभ्रेकै नमोबुद्ध नगरपालिका- १ घर भएका २४ वर्षीय दिपेन्द्र खड्काको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र. ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइक दुर्घटना हुँदा त्यसमा सवार खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सडकबाट करिब ६ मिटर तल खसेको अवस्थामा मोटरसाइकलसँगै युवकको शव फेला परेको हो। 

शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .