ad ad

कारोबार


बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर, कुन बैंकको कति?

बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर, कुन बैंकको कति?

नेपालखबर
असार ३१, २०८१ सोमबार ११:१४, काठमाडौँ

साउनका लागि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले निक्षेपमा औषत ०.१३ प्रतिशतले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। 

साउन १ गते (भोलि) बाट लागू हुनेगरी वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औषतमा ६.७३ प्रतिशत झारेका हुन्। असार महिनामा औषत ६.८७ प्रतिशत रहेको ब्याजदर साउनमा ०.१३ प्रतिशतले घटेको हो। 

जसमा कृषि विकास बैंक, नेपाल एसबीआइ बैंक, लक्ष्मी सनराईज बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेपको ब्याजदरमा फेरबदल गरेका छैनन् भने बाँकी १५ वटा बाणिज्य बैंकले ब्याजदर घटाएका हुन्। 

यस्तो छ बाणिज्य बैंकहरुको नयाँ ब्याजदर 
कृषि विकास बैंकको संस्थापक तर्फ ४.१ प्रतिशत र व्यक्तिगत तर्फ ६.२ प्रतिशत छ। एभेरेष्ट बैंकको संस्थापक तर्फ ५.३ र व्यक्तिगतफर्त ६.३ प्रतिशत हुँदा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक तर्फ ५ प्रतिशत र व्यक्तिगत तर्फ ६.२१ प्रतिशत छ। 

नेपाल एसबीआई बैंकको संस्थापक तर्फको निक्षेपको ब्याजदर ५.३ र व्यक्तिगत र्तफ ६.३ प्रतिशत छ भने ग्लोबल आइएमई बैंकको संस्थागततर्फ ५.२५ र व्यक्तिगत तर्फ ५.२५ प्रतिशत छ। 

लक्ष्मी सनराई बैंकले भने असारकै ब्याजदरलाई निरन्तरता दिने भएको छ । यो बैंकले साउनका लागि पनि  संस्थागत तर्फ ५.५ र व्यक्तिगत तर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको हो। 

नेपाल बैंकले भने ब्याजदर घटाएर संस्थागत तर्फ ४.२५ र संस्थागत तर्फ ६.२५ प्रतिशत पुर्याएको छ भने प्राईमले संस्थागतर्फ ५.५ प्रतिशत र व्यत्तिगत तर्फ ६.५ प्रतिशत ब्याज कायम गरेको छ। 

यता कुमारी बैंकले संस्थागत तर्फको निक्षेपको ब्याजदर ५.५६ र व्यक्तिगत तर्फ ६.७१ प्रतिशत पुर्याउँदा सानिमा बैंकले संस्थागत तर्फ ५.१ प्रतिशत र व्यक्तिगत तर्फ ६.४ प्रतिशत ब्याज कायम गरेको हो। 

त्यस्तै सिटिजन्स बैंकले पनि निक्षेपको ब्याजदर संस्थागत तर्फ ५.७५ र व्यक्तिगत तर्फ ६.७५ ब्याजदर कायम गर्दा सिद्धार्थ बैंकले संस्थागत तर्फ ५.५ र व्यक्तिगतर्फ ६.७५ प्रतिशत ब्याज कायम गरेको छ। 

सबैभन्दा थोरै ब्याजदर भने स्टान्डर्ड चाटर्ड बैंकको छ । यो बैंकले साउनका लागि संस्थागत निक्षेप तर्फ ४.७५ प्रतिशत र व्यक्तिगत निक्षेपतर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको हो।  

नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले असारकै दरलाई निरन्तरता दिएका छन्। दुई बैंकले संस्थागत तर्फ ६ प्रतिशत र व्यक्तिगतर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका हुन्। 

यस्तै एनएमबी बैंक र एनआइसी बैंकले पनि संस्थागत तर्फ ६.५३ र व्यक्तिगत तर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेका छन् भने  हिमालयन बैंक संस्थागत तर्फ ६.५ र व्यक्तिगत तर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको  छ।

बाँकी रहेको प्रभु बैंकले संस्थागत तर्फ ६ र व्यक्तिगत तर्फ ७ प्रतिशतको ब्याजदर कायम गर्दा माछापुच्छ्रे बैंकले संस्थागत तर्फ ५.२५  र व्यक्तिगत तर्फ ७ ब्याजदर कायम गरेका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .