ad ad

समाज


दुर्घटनाका घाइतेको मृत्यु

दुर्घटनाका घाइतेको मृत्यु

नेपालखबर
जेठ १३, २०८१ आइतबार ८:१४, हेटौँडा

मकवानपुरमा सवारी दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

मनहरी गाउँपालिका ६ नयाँ बजारस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका हेटौडा – ८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको गएराति मृत्यु भएको हो।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नम्बरको बुलेट मोटरसाइकलाई ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए। 

उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

ट्रकको ठक्करबाट टाउको र शरीरका बिभिन्न भागमा चोट लागेका कार्कीको नयाँ मेडिकल कलेज चितवनमा गएराति मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .