सिन्धुलीमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धको मृत्यु भएको छ।
फिक्कल गाउँपालिका–५ रजेमा माटोको ढिस्कोले पुरिएर स्थानीय ७४ वर्षीय मनबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शनिबार बिहान आफ्नै बारीको काल्लो भत्किएर पुरिँदा बुढाथोकीको मृत्यु भएको हो।
काल्लो खन्न गएका बुढाथोकी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो।
ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
39
Shares

प्रतिक्रिया