ad ad

बागमती


यी हुन् सत्ता गठबन्धनबाट बागमतीका ४ उम्मेदवार

यी हुन् सत्ता गठबन्धनबाट बागमतीका ४ उम्मेदवार

नेपालखबर
पुस २३, २०८० सोमबार १०:११, हेटौँडा

राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै छ। 

यसअन्तर्गत बागमती प्रदेशमा ४ सिटका लागि उम्मेदवारी दर्ता गरिँदै छ। 

भागबन्डा गरेका सत्ता गठबन्धन दलले ४ उम्मेदवार छानिसकेका छन्। 

जम्मा ६ सिट पाएको नेकपा माओवादी केन्द्रले यस प्रदेशमा घाइते/अपांगता क्लस्टरमा एक सिट पाएको छ। जसमा नुवाकोटका श्री कृष्ण अधिकारीलाई उम्मेदवार बनाइएको छ। १० वर्षे जनयुद्धमा होमिएका अधिकारीको यो पहिलो संसदीय यात्रा हो।

यस्तै १० सिट पाएको नेपाली कांग्रेसले बागमती प्रदेशमा दुई उम्मेदवार पाएको छ। जसमा महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जितजंग बस्नेत छन्। 

पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन्। उनी प्रकाशमान सिंह समूहकी हुन् भने यो संसदीय यात्रा उनका लागि पनि पहिलो बन्दै छ। बस्नेतलाई २०७९ मंसिर ४ को निर्वाचनमा पार्टीले प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारीका लागि सिफारिस गरेको थियो। तर सत्ता गठबन्धन दलको भागबन्डाले उनले टिकट भने पाएनन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन्।

यस्तै नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित क्लस्टरमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। विश्वकर्मा एकीकृत समाजवादी दोलखाका निवर्तमान उपाध्यक्ष हुन् भने दलित मुक्ति संगठनका केन्द्रीय महासचिव तथा सुनचाँदी  कला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .