मकवानपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।
बिहीबार साँझ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना बीचटोल बस्ने नारायण फेवाली मगरको घरमा आगलागी भएको हो।
काठको फुसको छानो भएको १ तले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
33
Shares
प्रतिक्रिया