ad ad

राजनीति


राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

नेपालखबर
पुस २०, २०८० शुक्रबार ७:३९, काठमाडौँ

संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज (शुक्रबार) बिहान बस्दै छ।  

बिहान ९ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम छ। 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री आजको बैठकमा सहभागी हुने जानकारी दिए। 

समितिले आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ। 

गएको सोमबार राज्यव्यवस्था समितिले ललितपुरको बालकुमारी घटनाको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .