समाज


बारामा बस र ट्रक ठोकिँदा दुवै चालकसहित ३ जनाको मृत्यु, २७ जना घाइते

बारामा बस र ट्रक ठोकिँदा दुवै चालकसहित ३ जनाको मृत्यु, २७ जना घाइते

नेपालखबर
पुस ४, २०८० बुधबार ९:४९, काठमाडौँ

बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोकिँदा भएको दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

दुर्घटनामा दुवै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। 

गएराति झापाबाट काठमाडौँ आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोकिँदा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गएराति करिब २ बजे भएको दुर्घटनामा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका- ३ का ४० वर्षीय हरि शम्शेर सुयालकाे मृत्यु भएकाे छ। दुर्घटनामा करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। तर ती पुरुषको भने सनाखत हुन सकेको छैन। 

 दुर्घटनामा घाइते भएका २७ जनाको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .