समाज


काठमाडौँका आधा दर्जन ठाउँमा ४ दिन साढे ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँका आधा दर्जन ठाउँमा ४ दिन साढे ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

नेपालखबर
पुस ४, २०८० बुधबार १०:९, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले काठमाडौँका आधा दर्जन ठाउँमा आजदेखि केही दिन साढे ४ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ। 

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले महाराजगञ्ज आसपासका केही ठाउँमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो।

प्राधिकरणका अनुसार आज (बुधबार) चपली तथा बूढानीलकन्ठ, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौँडा क्षेत्र र शनिबार चपली, बुढानीलकन्ठ तथा पासीकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .