बागमती


आज यस वर्ष अहिलेसम्मकै चिसो भयो काठमाडौँ, कतिमा झर्‍यो तापक्रम?

आज यस वर्ष अहिलेसम्मकै चिसो भयो काठमाडौँ, कतिमा झर्‍यो तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ४, २०८० बुधबार ९:४२, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।

मौसमविद्का अनुसार काठमाडौँ उपत्यकाका लागि यो यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो।

यसअघि हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।  

माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडाैँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्। 

माैसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको अवस्था छ। उपत्यकामा आज दिनभर छिनछिनमा घाम र बादल लाग्ने क्रम चलिरहने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .