समाज


मौसमविद् भन्छन् : यो घुमफिरका लागि उपयुक्त मौसम हो

मौसमविद् भन्छन् : यो घुमफिरका लागि उपयुक्त मौसम हो

नेपालखबर
असोज २८, २०७६ मंगलबार २:१७,

भर्खरै मनसुन सकिएको चालु मौसम सबैभन्दा राम्रो मौसम मानिने मौसमविद्ले बताएका छन्।

गत जुन २० मा नेपाल भित्रिएको मनसुन यही अक्टोबर १२ अर्थात् असोज २५ गते बाहिरिएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अबको दुई महिनालाई ‘पोस्ट मनसुन’ भनिन्छ। यस अवधि न जाडो न गर्मी, ठिक्कको मौसम हुने भएकाले यसलाई घुम्नका लागि उपयुक्त मौसम मानिने उनको भनाइ छ।

‘दसैं सकिएपछि हिलोमैलो पनि जाने मान्यता छ,’ नेपालखबरसँग कुरा गर्दै मौसमविद् बासीले भनिन्, ‘यो मौसम घुम्न मिल्ने मौसम हो।’

दुई महिनापछि मात्र हिउँद अर्थात् जाडोयाम सुरु हुने उनले जानकारी दिइन्।

‘अब क्रमिक रूपमा हुस्सु, कुहिरो लाग्नेतर्फ मौसम उन्मुख भएको छ,’ उनले भनिन्, ‘अब बिहान-बिहान बिस्तारै हुस्सु, कुहिरो देखिन सक्छ, तर अहिल्यै त्यस्तो व्यापक हुने बेला भएको छैन।’

अहिले मुलुकको पहाडी भेगमा आंशिक बदली छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा छ।

‘अपराह्नपछि पहाडका एक/दुई स्थानमा हल्का क्षणिक वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘तर पहाड भए पनि काठमाडौंमा चाहिँ पानी पर्ने खासै सम्भावना छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad