छापा खबर


नोबेल अर्थशास्त्रीको नेपाल ‘कनेक्सन’

नोबेल अर्थशास्त्रीको नेपाल ‘कनेक्सन’

नेपालखबर
असोज २८, २०७६ मंगलबार १:५८,

सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्।

सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्।

उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पुर्याएबापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्।

उनीहरुद्धारा प्रवद्र्धित ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

‘यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ’, राष्ट्रिष्य योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, ‘यो विधि विगत २ दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ।’

स्विडेनको स्टकहोममा रहेका रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘उनीहरुले प्रवद्र्धन गरेको विधि अनुसन्धानमा सबैभन्दा लोकप्रिय विधिको रुपमा प्रमाणित भएको छ। यसले विकास अर्थशास्त्रलाई नयाँ उचाइमा लगेको छ।’ एकेडेमीले ५० लाख भारतीय विद्यार्थी यो विधिवाट प्रत्यक्ष लाभान्वित भएको जनाएको छ।

‘आरसिटीले प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्याएको छ’, दायित्व गभर्नेन्स ल्याब नामक गैरसरकारी संस्थाका अध्यक्ष डा. पुकार मल्लले भने, ‘यो विधिले ठूलो समस्यालाई ससाना प्रश्नमा बाँडेर समस्या समाधान गर्न सहयोग गर्छ।’

आफ्नो अनुरोधमा बेनर्जी जोडी ५ वर्षअघि नेपाल आएको स्मरण गर्दै डा. वाग्लेले भने, ‘उनीहरुले आरसिटी विधि र गरिब अर्थशास्त्र विषयमा नेपाल सरकारका मुख्यसचिव र सबै सचिवलाई जानकारी गराएका थिए। यसबाहेक उनीहरु इसिमोडले गरेका केही अध्ययनमा समेत सहभागी छन्।’

उनीहरुको कामले सिद्धान्तलाई दैनिक जीवनसँग जोडेको वाग्लेले बताए।

बेनर्जी पश्चिम बंगालमा जन्मेका अमेरिकी अर्थशास्त्री हुन् भने उनकी श्रीमती डफ्लो फ्रान्समा जन्मेकी हुन्। बेनर्जीसहित पश्चिम बंगालमा जन्मेका चारजनाले नोबेल पुरस्कार जितेका छन्। बेनर्जीअघि पश्चिम बंगलामा जन्मेका रवीन्द्रनाथ टैगोर, अमत्र्य सेन र मोहम्मद युनुसले नोबेल पुरस्कार पाइसकेका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विटमार्फत अभिजित बेनर्जीलाई बधाई दिएकी छन्। उनले भनेकी छन्, ‘अर्को एक बंगालीले राष्ट्रलाई गौरवान्वित बनाएका छन्।’ अर्थशास्त्रका लागि नोबेल पुरस्कारको यो घोषणसँगै यो वर्षका लागि सबै विधामा नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad