छापा खबर


केकीले भनिन्- अब फिल्ममा अभिनय गरिरहन सकिन्न !

केकीले भनिन्- अब फिल्ममा अभिनय गरिरहन सकिन्न !

नेपालखबर
असोज २८, २०७६ मंगलबार २:३९,

दर्जनौँ फिल्ममा अभिनय गरेकी अभिनेत्री केकी अधिकारीद्वारा अभिनित ‘छ मायाँ छपक्कै’ फिल्म नेपालभरका विभिन्न हलहरुमा प्रदर्शन भइरहेका छन्।

आज प्रकाशित नागरिक दैनिकले ‘छ मायाँ छपक्कै’की नायिक केकीसँगको अन्तर्वार्ता छापेको छ। सोही अन्तर्वार्ताको सार संक्षेपः

तपाईं अभिनित अधिकांश फिल्महरुले सफलता नपाइरहेको अवस्थामा ‘छ मायाँ छपक्कै’ले तपाईको करियर उकास्ला?

मेरो करियरको महत्वपूर्ण फिल्मको सूचीमा यो फिल्म पर्नेछ। यसमा मैले अभिनयमात्र नभएर फिल्मका विभिन्न पक्षबारे बुझने अवसर पाएँ।

‘छ मायाँ छपक्कै’ फिल्मबाहेक पछिल्लो समय कुनै फिल्म गरिरहनु भएको छैन, अफर नआएर हो?

अहिले ‘कमेडी च्याम्पियन’ नामक स्ट्यान्डअप कमेडी सो निर्माण गरिरहेकी छु। त्यसबाहेक कम र राम्रो फिल्ममा काम गर्न जोड दिएको छु।

फिल्म र म्युजिक भिडियोमा अभिनय गर्नुको साटो मेकिङतिर आकर्षित भइरहनुभएको छ। फिल्म निर्देशन गर्दै हुनुहुन्छ?

फिल्ममा अभिनय गर्ने कलाकारको अवधि सिमित हुन्छ। मैले चाहे पनि धेरै समय अब फिल्ममा अभिनय गरिरहन सक्दिन। बरु फिल्म मेकिङतिर लागेर नयाँलाई अवसर दिन लागेको छु।

महिलालाई विभिन्न मुद्दामाथि बुलन्द रुपमा आवाज उठाइरहने तपाईंले अभिनय गरेको ‘बीच बीचमा’ बोलको गीतमा महिलालाई होच्याउने शब्द प्रयोग गर्दासमेत कुनै आपत्ति जनाउनु भएन नि?

‘छ मायाँ छपक्कै’ फिल्मको ‘बीच बीचमा’ बोलको गीत मैले सुटिङमा जानु दुई दिनअघि सुनेकी थिएँ। त्यतिखेर स्पट ‘बिहे हुने कुरा छ’ भनेर लेखिएको थियो।

गीत रेकर्ड भएपछि बिहे हुने शब्द ‘ब्याउने’ भनेर सुनियो। गीत सुनेर मलाई दुःख लाग्यो।

सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। गीतको अर्थमा स्रोताको दोहोरो बुझाई छ।

समान पारिश्रमिकलाई लिएर उठाइरहनु भएको तपाईंले नेपाली फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबीचमा पारिश्रमिक विभेद कत्तिको महसुस गर्नुभएको छ?
नेपाली फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबीचमा पारिश्रमिक विभेद छ। डेब्यु हिरोले अनुभवी अभिनेत्रीभन्दा बढी पारिश्रमिक पाउने गरेका छन्।

समान पारिश्रमिकको विषयमा नेपाली फिल्म क्षेत्र धेरै पछाडी छ। नेपाली समाजमा महिलाको अवस्था उभो नलाग्नुको कारण एउटा यो पनि हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad