ad ad

समाज


एम्बुलेन्स र प्राथमिक उपचार सेवा तयारी अवस्थामा

एम्बुलेन्स र प्राथमिक उपचार सेवा तयारी अवस्थामा

नेपालखबर
असोज २५, २०७६ शनिबार १०:१२,

नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी जिनपिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोध बमोजिम केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो।

मेडिकल पर्सन, उपकरणहरु सहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा स्ट्याण्डबाई रहने नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताए।

एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन् र उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .