ad ad

राजनीति


चिनियाँ राष्ट्रपतिको विमान नेपाल प्रवेश

चिनियाँ राष्ट्रपतिको विमान नेपाल प्रवेश

नेपालखबर
असोज २५, २०७६ शनिबार १०:१३,

चिनियाँ राष्ट्रपति सी चिनफिंगको विशेष विमान नेपाली हवाइ क्षेत्रमा प्रवेश गरेको छ। विमानको उडान ट्रयाक गर्ने वेबसाइट फ्लाइट राडार२४ का अनुसार राष्ट्रपति सी चढेको बोइङ ७४७–८९एल विमान नेपाली आकाशमा प्रवेश गरेको हो।

शुक्रबार भारत आएका सी ९० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजकीय भ्रमणको लागि नेपाल आएका हुन्। राष्ट्रपति सी नेपालमा आज र भोलि रहनेछन् भने सो क्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ।

xi simara 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .