ad ad

समाज


बाहिरियो मनसुन, अब मौसम सफा रहने

बाहिरियो मनसुन, अब मौसम सफा रहने

नेपालखबर
असोज २५, २०७६ शनिबार २:५,

वर्षा गराउने मौसमी प्रणाली- मनसुन आज (शनिबार) देखि नेपालबाट बाहिरिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आजदेखि मनसुन नेपालबाट बिदा भएको जानकारी दिएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष औसतभन्दा १० दिन ढिलो नेपाल भित्रिएको मनसुन १९ दिन ढिलै गरी बाहिरिएको हो।

 महाशाखाले शनिबार बिहान बुलेटिन जारी गर्दै भनेको छ-  यस वर्ष पूर्वी नेपालमा जुन २० मा आगमन भएको मनसुन १२ अक्टोबरमा बाहिरिएको छ। यो आगमन औसतभन्दा १० दिन ढिलो हो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो हो। औसतमा पूर्वी नेपालमा १० जुनमा र काठमाडौंमा १२ जुनमा मनसुनी वायु आइपुग्ने गर्छ।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि नेपाललगायत देशमा मनसुनी गतिविधि ढिलै सुरु हुने र ढिलै हट्ने क्रम बढ्दै गएको मौसमविद्काे भनाइ छ। 

पश्चिमी वायुले मनसुनी वायुलाई विस्थापित गरेकाले आजदेखि नेपालबाट मनसुन बाहिरिएको माैसमविद् श्रेष्ठले जानकारी दिए।

तर दुई महिनासम्म भने पहिले धेरै पानी परेका स्थानमा घामको तापले वाफ उडेर आकाशमा गई बादल बन्ने र सीमित स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने उनले बताए।

दुई महिनापछि भने मौसम पूर्णतया सफा रहने मौसमविद्को श्रेष्ठको भनाइ छ।

माैसमविद् श्रेष्ठका अनुसार आज पश्चिम पहाडबाहेक देशका सबै ठाउँमा समान्यतया मौसम सफा छ।

पश्चिम पहाडमा भने अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .