प्रेस युनियन नेपालले पत्रकार तथा युनियनका महासचिव अजयबावु सिवाकोटीलाई समाचारको विषयलाई लिएर धम्की दिइएको भन्दै आपत्ति प्रकट गरेको छ।
हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक शिवाकोटीमाथी सुरक्षा चुनौती देखिएको भन्दै युनीयनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शिवाकोटीलाई समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएको युनियनको भनाई छ नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष बद्री सिग्देलद्वारा प्रेसित वक्तव्यमा पत्रकार सिवाकोटीको सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारसँग माग गरिएको छ।र
Shares

प्रतिक्रिया