कारोबार


दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झाैता

दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झाैता

नेपालखबर
असोज १६, २०७६ बिहिबार १४:१९,

झापाको दमकमा नेपाल–चाइना फ्रेन्डसीप इन्डस्ट्रियल पार्क निर्माण हुने भएको छ। विहीबार एक कार्यक्रमबीच लगानी बोर्ड र चिनियाँ कम्पनीबीच साे सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको छ।

एक किलोमिटर चौडाइ र नौ किलोमिटर लम्बाइ क्षेत्रमा औद्योगीक पार्क बनाउन लागिएको हो। यो पार्क निर्माण पछि ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने सहमति भएको छ।

औद्योगिक पार्क बनाउन लगानी बोर्डले ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ। दमक क्लिन इन्डस्ट्रियल पार्कलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन दिने निर्णय पनि गरिसकेको छ।

पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिइएको छ। पहिलो चरणको काम यही असोज महिनादेखि थालिने बताइएको छ। पहिलो चरणको कामपछि थप जग्गामा अरू कामका लागि ३ खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको बोर्डले जनाएको छ।

औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने विशवास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad