समाज


औलागाउँमा चितुवा आतंक, कुकुरसमेत खायो चितुवाले

औलागाउँमा चितुवा आतंक, कुकुरसमेत खायो चितुवाले

नेपालखबर
असोज १६, २०७६ बिहिबार ४:२८,

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ।

चितुवाको आक्रमणबाट एक हप्तामा चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन्।

दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ। चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएका स्थानीयवासी यामप्रसाद पुर्जाले बताए।

चितवाले टीका घताने र धनकुमार विकको खोरका दुई/दुई बाख्रा र दुई कुकुर मारेको छ।

सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै पसेर चितुवाले खाएको छ।

चितुवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन्। घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको स्थानीको भनाई छ।

चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीयले बाख्रा, कुखुराको खोर मर्मत गरेका छन्। मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन्।

एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सार्ने गरिएको पुर्जाले बताए। जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको स्थानीयको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad