समाज


दुई दिन बाढीपहिरोको उच्च जोखिम : बाढी पूर्वानुमान महाशाखा

दुई दिन बाढीपहिरोको उच्च जोखिम : बाढी पूर्वानुमान महाशाखा

नेपालखबर
असोज ११, २०७६ शनिबार ५:६,

आज (शनिबार) र भोलि (आइतबार) देशका विभिन्न नदी/खोलामा बाढी आउने तथा पहाडी क्षेत्रमा पहिराे जाने सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज र भोलि कन्काई, कोसी, कमला र वाग्मती नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ भनेका यिनका सहायक नदीको जल सतह पनि सतर्कता तह आसपास पुग्ने अनुमान छ।

यसैगरी उल्लिखित दुई दिन (शनिबार र आइतबार) बारा, पर्सा, मकवानपुर, उदयपुर, सिन्धुली, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा तथा सप्तरी सुनसनरी, मोरङ, झापा, इलाम, धनकुटा र आसपास मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाले समग्र प्रदेश १ र २ को चुरे क्षेत्रबाट बहने नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी आउने अनुमान गरिएको महाशाखाले जनाएको छ। तसर्थ उक्त नदीका तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज र भोलि प्रदेश १ र ३ का पहाडी क्षेत्रका ससाना खहरेमा बाढी तथा पहिरोको जोखिम देखिएकाले उक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad