खेल


क्यान निर्वाचन अपडेट : ६ सदस्य निर्विरोध निर्वाचित

क्यान निर्वाचन अपडेट : ६ सदस्य निर्विरोध निर्वाचित

नेपालखबर
असोज ११, २०७६ शनिबार ५:२२,

नेपाल क्रिकेट संघ (क्यान) को अहिले जारी निर्वाचन क्रममा ६ सदस्य निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौंमा जारी क्यान निर्वाचनमा महिला सदस्यसहित प्रदेश नम्बर २, ४, ५, ६ र ७ का लागि एक/एक जनाको मात्र उम्मेदवारी परेकाले निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो।

२ 1

१ 2

क्यानको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको केन्द्रीय चुनाव आज भइरहेको हो।

निर्वाचन कमिटीका अनुसार मतदानको समय दिउँसो १ देखि २.३० बजेसम्म, मतगणनाको समय २.३० देखि ३.३० सम्म र परिणाम घोषणाको समय ३.४५ देखि ४ बजेसम्म तोकिएको छ। 

पदभार ग्रहणको समय ४ देखि ५ बजेसम्मका छुट्याइएको छ। 

केन्द्रीय नेतृत्वका लागि पूर्वअध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुँदै छ। 

१७ सदस्यीय कार्यसमितिका लागि हुने चुनावमा ७ प्रदेशका ५९ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। ३९ जिल्लाका एकएक तथा प्रदेशमा २ जिल्ला बराबर एक प्रतिनिधि छानिएर आएका छन्।

पाण्डेले झण्डै चार दशकसम्म सन् १९६५ देखि २०१० सम्म क्यानमा सचिव, उपाध्यक्ष, महासचिव तथा अध्यक्ष पदमा रहेर काम गरेका छन्। २००५ देखि २०१० सम्म उनी क्यान अध्यक्ष थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad