नेपाल क्रिकेट संघ(क्यान) चुनावी प्रक्रिया सुरु भएको छ।
क्यानको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको केन्द्रीय चुनाव आज (शनिबार) भइरहेको हो।
त्यसका लागि निर्वाचन कमिटीले उम्मेदवारी मनोनयनपत्र दर्ता प्रक्रिया सुरु गरिसकेको छ।
अहिले उम्मेदवारको पहिलो चरणको नामावली प्रकाशन गरिएको छ। बिहान ११ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
तर उम्मेदवारीबाट नाम फिर्ता लिने समय ९.३० देखि १०.३० सम्म ताेकिएकाे भए पनि कसैले फिर्ता नलिएकाले निम्न उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाे छ।


मतदानको समय दिउँसो १ देखि २.३० बजेसम्म, मतगणनाको समय २.३० देखि ३.३० सम्म र परिणाम घोषणाको समय ३.४५ देखि ४ बजेसम्म तोकिएको छ।
पदभार ग्रहणको समय ४ देखि ५ बजेसम्मका छुट्याइएको छ।

केन्द्रीय नेतृत्वका लागि पूर्वअध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुँदै छ।
१७ सदस्यीय कार्यसमितिका लागि हुने चुनावमा ७ प्रदेशका ५९ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। ३९ जिल्लाका एकएक तथा प्रदेशमा २ जिल्ला बराबर एक प्रतिनिधि छानिएर आएका छन्।
पाण्डेले झण्डै चार दशकसम्म सन् १९६५ देखि २०१० सम्म क्यानमा सचिव, उपाध्यक्ष, महासचिव तथा अध्यक्ष पदमा रहेर काम गरेका छन्। २००५ देखि २०१० सम्म उनी क्यान अध्यक्ष थिए।

प्रतिक्रिया