ad ad

समाज


१६ वर्षकी किशोरीले राष्ट्रसंघमा विश्वका नेतालाई भनिन्ः भाषण होइन काम गर्नुस्

१६ वर्षकी किशोरीले राष्ट्रसंघमा विश्वका नेतालाई भनिन्ः भाषण होइन काम गर्नुस्

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:७,

आफ्ना अभिव्यक्ति दिने क्रममा उनले विश्वका नेताहरुले कामभन्दा बढी भाषण गरेको आरोप लगाइन्।

 उनले नेताहरुलाई जलवायु परिवर्तन सम्बन्धी समस्यामा काम गरेर देखाउन चुनौती दिएकी छन्।

 उनले विश्वका नेताहरुले जलवायु परिवर्तन समस्यामा काम गर्न नसकेको आरोप लगाउँदै नेताहरुले विश्वका मानिसलाई निराश बनाएको बताइन्।

 उनले न्युयोर्कमा आयोजित जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भनिन्,‘तपाइँहरुले हाम्रो सपना, हाम्रो बालापन हावादारी भाषणले खोसिदिनु भो।’

 ‘यो गलत हो। म खासमा यहाँभन्दा विद्यालयमा हुनुपर्ने हो।’ उनले भनिन्,‘तर जलवायु परिवर्तनको समस्याले गर्दा मैले एक वर्षको लागि विद्यालयबाट अवकाश लिएको छु।’

 उनले आफूलाई विश्वको चिन्ता भएको र यसमा विश्वका नेताले ध्यान दिनुपर्ने बताएकी छिन्।

Image result for greta and trump

 उनले आफूहरुले नेताहरुलाई नजिकैबाट नियाली रहेकाले काम गर्न आग्रह गरेकी छिन्।

संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसद्वारा आयोजित एक दिवसीय वैठकमा विश्वभरका करिब ६० नेताहरु सहभागी थिए।

 उनले यस सम्मेलनको पूर्व सन्ध्यामा कार्बन उत्सर्जन कटौती गर्ने योजना लिएर आएका विश्वका नेतालाई मात्र सम्मेलनमा बोल्न दिने बताएका थिए।

सो क्रममा ६० देशका नेताहरुले आफूहरुले कार्बन उत्सर्जन कटौती गर्ने प्रयास गरिरहेको बताएका थिए। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .