ad ad

समाज


नेपाली भिक्षुद्वारा सिंगापुरमा महिलामाथि यौन दुर्व्यवहारः पाँच महिनाको जेलसजाय

नेपाली भिक्षुद्वारा सिंगापुरमा महिलामाथि यौन दुर्व्यवहारः पाँच महिनाको जेलसजाय

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:६,

सिंगापुरमा एक महिलालाई यौन दुर्व्यवहार गर्ने नेपाल भिक्षुलाई पाँच महिनाको जेल सजाय भएको छ। मंगलबार सिंगापुरकाे एक अदालतले भिसा नवीकरण गर्न सिंगापुर पुगेको समयमा यौन दुर्व्यवहार गर्ने भिक्षुलाई जेल सजाय गरेको हो।

सिंगापुरको स्थानीय सञ्चारमाध्यमहरुले पूजा गर्न ताइवान जाने भिसा नवीकरण गर्न दावा तामाङ जुलाई ६ मा सिंगापुर पुगेको जनाएका छन्। उनले जुलाई ११ को राति साढे ११ बजे महिलाको सामग्री बेच्ने अस्थायी स्टलनजिकै दुर्व्यवहार गरेको बताइएको छ। उक्त महिला कुरा गर्न भिक्षुसामु झुकेको समयमा उनले पीडित महिलाको दायाँ स्तन समाएको अभियोजनकर्ताले जनाएका छन्। ती महिलाले भिक्षुको हातलाई पन्छाएर चिच्याएकी थिइन्।

महिला कराएको आवाज सुनेपछि नजिकै हिँडिरहेका मानिस सो स्थानमा आएका थिए। घटनापछि उक्त स्थानबाट हिँडेका भिक्षुलाई दुई जना मानिसले नियन्त्रणमा लिएका थिए। त्यसलगत्तै भिक्षुले पीडित महिलासँग माफी मागेको र क्षतिपूर्तिको प्रस्ताव गरेका थिए। तर महिलाले त्यसलाई अस्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि नजिकै रहेको प्रहरीले भिक्षुलाई पक्राउ गरेको थियो। प्रहरीलाई ती भिक्षुले सो घटनाअघि नजिकैको कफी शपमा साथीसँग उनले छ ग्लास बियर पिएको जानकारी गराएका थिए।

प्रतिवादी वकिलहरुले पीडितका स्तनमा थोरै समय मात्रै सम्पर्क रहेको भन्दै पाँच महिनाभन्दा बढी र कोर्राले हिर्काउने सजाय हुन नहुने तर्क गरेका थिए। उनीहरुले दावा यौन दुराचारी नभएको तर्क गरेका थिए। ‘दावा धार्मिक यात्रामा रहेको र उहाँले आफूले गरेको गल्तीप्रति गम्भीरतापूर्वक माफी मागिसक्नुभएको छ’, दावाका वकिलले भने। सिंगापुरमा महिलाको सम्मानमा आँच पुर्‍याउने कुनै काम गरे सो व्यक्तिलाई दुई वर्षसम्मको जेल, जरिवाना र कोर्रा हान्ने सजायका व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .