ad ad

समाज


चेकजाँचका लागि चढेका प्रहरीलाई नै लिएर भाग्ने ट्रक ड्राइभरलाई गोली हानेर समातियो

चेकजाँचका लागि चढेका प्रहरीलाई नै लिएर भाग्ने ट्रक ड्राइभरलाई गोली हानेर समातियो

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:१५,

मकवानपुरमा चेकजाँचका लागि ट्रकमा चढेका प्रहरीलाई समेत ओर्लन नदिई लिएर भाग्ने ट्रक ड्राइभरलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

प्रहरीले ती ड्राइभरको खुट्टामा दुई राउन्ड गोली हानेर पक्राउ गरेको हो।

मंगलबार मध्यरातमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकमार्फत जाँजा तस्करी भइरहेको सूचनााका आधारमा सो ट्रकमाथि चेकजाँच हुँदै थियो।

पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई ट्रकबाट झर्नै निदई लिएर भागेपछि प्रहरीले ट्रकका चालक पर्सा वीरगन्ज महानगरपालिका–२९ का ३५ वर्षीया अफ्रिका चौधरीलाई दुई राउन्ड गोली हानेर नियन्त्रणमा लिएको हो।

चेकपोस्टबाट भागेको सो ट्रकमा दुई जना सवार रहेको प्रहरीले जनाएको छ। केही तल जंगलमा रोकेर प्रहरी जवानलाई जंगलतर्फ लैजान थालेपछि प्रहरीले गोली चलाएको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। सोही क्रममा दुई प्रहरी जवान पनि घाइते बनेको उनले जानकारी दिए।

प्रहरीले सो ट्रकबाट १४ वटा पोकामा रहेको ७८ किलो ८०० ग्राम गाँजा समेत बरामद गरेको छ।

पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको र फरार रहेका अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .