ad ad

समाज


‘एक गाउँः एक प्राविधिक’को निर्णय खारेज गर्न माग गर्दै कृषि प्राविधिक आन्दोलनमा

‘एक गाउँः एक प्राविधिक’को निर्णय खारेज गर्न माग गर्दै कृषि प्राविधिक आन्दोलनमा

नेपालखबर
असोज ७, २०७६ मंगलबार ६:५७,

कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धी निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दबाब आन्दोलन सुरु गरेका छन्।

काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धी सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दबाब आन्दोलन सुरु गरेका हुन।

३ हजारभन्दा बढी स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको बिचल्ली हुने गरी सरकारले गरेको सो निर्णय खारेज गर्न माग गर्दै दबाब आन्दोलन सुरु गर्नु परेको नेपाल कृषि तथा भेटनरी हक, हित संरक्षण संघर्ष समितिका उपसंयोजक छवि भट्टराईले जानकारी दिए।

२०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिने गरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढी कृषि प्राविधिकहरु नियुक्त गरेको थियो। उनीहरुको रोजगारीको ग्यारेन्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेपछि कृषि प्राविधिकहरुले सो निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन।

प्रर्दशनसहितको आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले कृषि र कृषि क्षेत्रका उत्थानमा लागेका आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई पनि अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .