ad ad

राजनीति


अब नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्ध, समझदारी पत्रमा हस्ताक्षर

अब नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्ध, समझदारी पत्रमा हस्ताक्षर

नेपालखबर
असोज ७, २०७६ मंगलबार ६:१५,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्ध स्थापनाका लागि भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

मंगलबार मध्यन्ह होटल म्यारिअटमा नेकपा र चिनियॉ कम्युनिस्ट पार्टीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हा।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियॉ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका हुन्।

दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गरिएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपालखबरलाई जानकारी दिए।

‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो’, उनले भने।

nepal chainaसहमति पत्रमा हस्ताक्षर गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल। तस्बिरः प्रविन कोइराला

समझदारी पत्रमा हस्ताक्षरसँगै आजको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ। अबको कार्यक्रम थप दुई सत्र मा सञ्चालन हुने नेकपाले जनाएको छ।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपालि चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि बृहत् रुपमा आयोजना गरिएको हो।

कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।

दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै ठूलो वैचारिक विकास मानिएको छ।

माओपछि सीलाई नै चीनको नेताका रुपमा स्थापित गर्नेगरी उनको विचारलाई अहिले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गरिँदै छ।

संभवतः त्यही क्रममा नेपालमा पहिलोपटक सी विचारधाराबारे दुई पार्टीबीच यो स्तरमा बहस भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .