समाज


पानी पनि नखाई व्रत बस्दा महोत्तरीमा महिलाको मृत्यु

पानी पनि नखाई व्रत बस्दा महोत्तरीमा महिलाको मृत्यु

नेपालखबर
असोज ६, २०७६ सोमबार ५:२८,

महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु भएको छ।

एकडारा गाउँपालिका-६ बगेयाका जगदीश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेशदेवी पाण्डेको उपवासका क्रममा मृत्यु भएको हो।

यस वर्षको जितिया पर्व निकै लामो अवधिको थियो। ती वृद्धा त्यति लामो समय खाली पेट बस्न नसक्ने अवस्थाकी थिइन्। शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी उनलाई आइतबारसम्म थेग्न नसक्ने भएपछि बीचमा आफन्तले केही खान अनुरोध गरेका थिए।

तर पर्व सकिनुभन्दा अघि पानी पनि खान नहुने मान्यताका कारण ती वृद्धाले केही खाइनन्। जसका कारण उपवास बसेकै बेला उनको मृत्यु भएको वडाध्यक्ष वडाध्यक्ष सुमन्तकुमार रायले बताए।

मृतक वृद्धाको दुई छोरामध्ये एउटा रोजगारीका क्रममा भैरहवा अर्काे भारतको दिल्लीमा छन्। उनीहरु आज आउने र वृद्धको अन्तिम संस्कार गर्ने तयारी रहेको स्थानीयले बताएका छन्।

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वका रूपमा लिने गरिएको छ। तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .